मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'पलाँस' विजनेस असफल हुँदा जस लिने को ?

फिल्मीखबर, काठमाडौं, 2017/04/06
गत हप्ता रिलिज फिल्म 'पलाँस' दर्शकमाझ लोकप्रिय हुन सकेन् । पहिलो हप्ता सकिँदै गर्दा फिल्मले लगानी पनि रिकभर नगर्ने कन्फर्म प्रायः छ । वितरण कम्पनिहरु स्वयंमले फिल्मले आशातित सफलता हासिल गर्न नसकेको बोलेका छन् । 
 
सिंगल स्कृनमा कमाल गर्ने अभिनेत्रीमा परेकी अनि अन्य भन्दा केहि बढि स्टारडम बिक्ने अभिनेत्री रेखा थापा स्टारर फिल्म वक्सअफिसमा असफल गर्न नसक्दा यसको जस कसले लिने बहसको विषय बनेको छ । 
 
 
 
एकातर्फ केहि मिडियाहरु रेखाको कारण फिल्म नचलेको लेखेका छन् । यसको कारण देखाउँदै रेखाले पब्लिसिटीमा अन्य फिल्मको तुलनामा साथ नदिएको, मिडियामाझ खासै नआएको अनि उनकै प्रोडक्सनको फिल्मको जसरी सामाजिक सञ्जाल मार्फत समेत 'पलाँस'को बारेमा अपडेट नदिएको आरोप उनलाई लागेको छ । यी कुरामा कहिँकतै सत्यता पनि होला । तर उनका कारण मात्र फिल्म नचलेको हो त ?
 
ईनिसियल विजनेस आक्रामक गर्न नसकेको फिल्मको माउथ पब्लिसिटी पनि ठुलो आएन् । फिल्म जति दर्शकले हेरे सबैले अन्यलाई खासै सिफारिस गरेनन् । यो संगसँगै निर्मात्री कृषा चौलागाईं अनि निर्देशक सुवास कोईरालाबीचको टकराब पनि फिल्म सोचे जस्तो नबन्नु अनि त्यसको असर विजनेसमा देखिनुको पछाडीको कारण रहेको विश्लेषण भईरहेको छ ।
 
फिल्मको छायाँकनमा नै चलेको मडमुटाबको असर फिल्म सम्पादनमा देखियो । निर्देशकको क्रियशन मानिने फिल्म, निर्देशकको सन्तान मानिने फिल्मलाई खिच्दा दिएको केहि साथ सम्पादनमा नदिनु, प्रचारमा नदेखिनु लगायतका कुराहरु पनि विजनेस राम्रो नहुनुका कारण बनेका छन् । तर निर्देशक र निर्मात्रीबीचको मनुटाब के थियो त्यो कुरा भने स्पष्ट बाहिर आएको छैन् ।
 
फिल्म चल्दा सबै कुरा लुक्छन्,, नचल्दा अनेक कुरा निस्किन्छन् । त्यसैको निरन्तरता 'पलाँस' हुनसक्छ । तर जे होस्, फिल्मको कमाइ अनि सफलता र असफलताले निर्माण टिमलाई पक्का सचेत गराएको हुनसक्छ । भोलीका दिनमा कमी कमजोरी सुधार्दै राम्रो काम गर्नमा लागेमा त्यसको प्रभाव अर्को फिल्ममा पक्का देखिनेछ ।