मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निखिललाई कसले दियो उनकै मुर्ति उपहार ?

फिल्मीखबर, काठमाडौं, 2017/04/06

 

बैशाख १ मा रिलिजको लागी तयार फिल्म 'राधे'को ट्रेलर हेर्नुभएको छ भने पक्का त्यहाँ तपाईंले देख्नुभए होला अभिनेता निखिल उप्रेतीको अर्धकदको मुर्ति । तर त्यो मुर्ति अर्का कलाकार शिशिर भण्डारीले राखिएको ठाउँमै ढालेका छन् । मुर्ति किन बन्यो र किन ढल्यो त्यसको लागी फिल्म हेर्नु पर्ने हुनसक्छ ।

 


तर उक्त मुर्ति अब भने निखिलले नै उपहार पाएका छन् । मुर्ति बनाएका शिल्पकार नविन सुवेदीले राजधानीमा बिहिबार आयोजित राधे फिल्मको पत्रकार भेटघाट कार्यक्रममा निखिललाई उपहार स्वरुप प्रदान गरे । निर्माता सिशिल पोखरेल, निर्देशक जगदिश्वर थापा र अभिनेत्री प्रियंका कार्कीले निखिललाई मुर्ति हस्तान्तरण गरेका थिए ।

पत्रकार सम्मेलनमा नायक निखिल र प्रियंकासँगै प्रमोद अग्रहरि, शिशिर भण्डारी पनि उपस्थित थिए । अभिनेत्री अशिष्मा नकर्मी भने कार्यक्रममा उपस्थित भईनन् । सुशिल पोखरेलको कथामा निर्माण भएको यो चलचित्रले वेपत्ता पारिएको एक पात्रको कथालाई उठान गर्नेछ ।

 


कार्यक्रममा बोल्दै निखिलले ‘राधे’ सबै नेपालीको कथा भएको बताए । उनले आफूले यसपटक अभिनय गर्ने कोशिश गरेको सुनाए । यस्तै, अभिनेत्री प्रियंका कार्कीले आफूलाई यो फिल्मको प्रतिक्षा रहेको सुनाइन् ।

निर्माता सुशिल पोखरेलले यसपटक दर्शकले ‘राधे’मा निखिलको एक्सनसँगै एउटा फरक कथा हेर्न पाउने बोले । निर्देशक थापा फिल्मलाई लिएर 'कन्फिडेन्स' देखिन्थे । राम्रो बनेको दाबी सहित दर्शकको मन जित्ने विश्वास उनका शब्दमा देखियो ।