मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

पक्राउ परेकी हैनन् राखी, खुल्यो आत्मसमर्पणको रहस्य

एजेन्सी, मुम्बई, 2017/04/05
मंगलबार भारतिय मिडियामा हट न्यूज छायो हट अभिनेत्री राखी शावन्त पक्राउ परेको भन्दै ।  भारतिय मिडियालाई नै आधार बनार नेपालमा पनि यो प्रकारको समाचार भाईरल बन्यो । अब भने नयाँ रहस्य खुलेको छ कि राखी पक्राउको बारेमा आएको खबर झुटो देखिएको छ । 
 
पञ्जाव प्रहरीले राखीलाई पक्राउ गरेको समाचार आएपनि यो विषयमा प्रहरीले अफिसियल स्टेटमेन्ट जारी गरेको थिएन् । अन्ततः पञ्जाव प्रहरीले मुख खोलेको छ । पञ्जाव प्रहरीका प्रवक्ताले जारी गरेको स्टेटमेन्टमा राखीलाई आफुहरुले पक्राउ नगरेको तर उनले नै आत्मसमर्पण गरेको उल्लेख छ ।
 
महर्षी वाल्मिकीको विरुद्ध एउटा टिभी शोमा आपत्तिजनक टिप्पणी गरेको विषयमा राखीमाथी उजुरी परेको थियो । प्रहरीले उजुरी उपर जारी गरेको वारेन्टको समयभित्रै राखी आत्मसमर्पण गर्न प्रहरीमा पुगेकी थिइन् । उनि अहिले पनि प्रहरीसँगै छिन् । अदालतमा परेको उनी उपरको मुद्धामा सुनुवाई भने अप्रिल १० मा हुने बताईएको छ ।