मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकासँग मिल्ने दयाको क्यामेष्ट्री केकीसँग कति जम्ला ?

फिल्मीखबर, काठमाडौं, 2017/04/05
पछिल्लो समय नेपाली पर्दामा जमेको जोडी मानिन्छ अभिनेता दयाहाङ राइ अनि अभिनेत्री प्रियंका कार्कीको जोडी । लगातार जस्तो फिल्म आउँदा दर्शकले यो जोडीलाई मन पराउँछन् माया गर्छन् प्रायः फिल्म सफल पनि बने । 
 
अब भने उने दयाहाङ प्रियंकाकै समकक्षी अभिनेत्री केकी अधिकारीसँग जोडी बाँध्दै पर्दामा आउँदैछन् फिल्म 'घामपानी' मार्फत । त्यसो त बर्ष २०७३ को सुरुवातमा रिलिज 'हाउ फन्नी'मा पनि यी दुई एकसाथ देखिएका थिए जहाँ प्रियंका पनि सँगसँगै थिइन् । अब भने केकी र दया एकसाथ पर्दामा आउँदा जोडी कस्तो जम्छ दर्शकमा कौतुहलता छ । 
 
ट्रेलरले औसत प्रतिक्रिया पाएको 'घामपानी' प्रचार ठुलो हईपमा नबनेपनि निर्माण टिम आफु लागि परिरहेको बताउँछ । त्यसो त दयाहाङ यो फिल्म प्रचारमा खासै नदेखिँदा केकी पनि अष्ट्रेलियामा छिन् । दुबै स्टार प्रचारको मैदानमा नहुनुको घाटा फिल्मो विजनेसमा देखिनेमा निर्माण टि 'कन्सियस' छ । त्यसैले पनि निर्देशक दिपेन्द्र लामा दया र केकी अभाव खड्किन नदिन आफै लागिपरिरहेका छन् ।
 
प्रायः फिल्ममा अभिनयमा तारिफ भेट्ने केकीको क्यामेष्ट्री दयाहाङसँग जम्यो भने यो जोडीको माग पर्दामा फेरीफेरी पनि हुनसक्छ । तय त्यसको लागी पनि सुरुमा त बैशाख १ मा रिलिज हुने 'घामपानी'को प्रतिक्रिया पर्खिनै पर्नेछ ।