गत चैत्र ११ मा प्रदर्शनमा आएको फिल्म 'निर्भय' अहिले दोश्रो हप्तामा प्रदर्शनरत छ । एक्सन स्टार निखिल उप्रेती अनि नीता ढुङ्गाना लिड अभिनयमा रहेको फिल्म दोश्रो हप्तामा पुग्दा देशभरका दर्जन बराबर हलमा लागिरहेको निर्माण टिम तथा वितरकबाट जानकारीमा छ ।
औसत विजनेस गरेको फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक भट्टरालाईले जति पनि फिल्म हेर्ने दर्शकले दिएको प्रतिक्रियाले आफु सन्तुष्ट रहेको बताए । ११ औं दिनमा प्रदर्शनको क्रममा रहँदा उनले हालसम्म फिल्मको विजनेस ९० लाख आसपास पुगेको दाबी गरे ।
'व्यापारिक पाटो आफ्नो ठाउँमा छ तर फिल्म हेरेका दर्शकहरुले मन पराएको बोल्नुभएको छ, सामाजिक सञ्जालमा 'निर्भय'को तारिफ गरिदिनुभएको छ, यो नै कामको मुल्यांकन हो जस्तो लाग्छ', भट्टराईले तर्क गरे ।
फिल्मलाई देविप्रसाद पाण्डेले निर्माण गरेका हुन् । 'निर्भय'मा विकास चापागाईं, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायत लिड अभिनयमा छन् ।

