पछिल्लो समय एक पछि गर्दै बर्ड २०७४ को लागी निर्माता निर्देशकहरु आफ्ना आफ्ना फिल्मलाई आफु अनुकुलको रिलिज तय गरिरहेका छन् । यो बीचमा अर्को फिल्मले रिलिज कन्फर्म गरेको छ । 'म यस्तो गीत गाउँछु' निर्माण टिमले आफ्नो फिल्म असार ३० मा ल्याउने निधो गरेको हो ।

छायांकनको अन्तिम चरणमा रहेको फिल्मको सबै काम सकेर असार अन्तिममा दर्शकमाझ ल्याउने निर्णयमा निर्देशक तथा निर्माता समेत रहेका सुदर्शन थापा पुगेका हुन् । प्रेमकथा बोल्ने फिल्ममा पल शाह र पूजा शर्मा लिड अभिनयमा छन् ।
गीत संगीतदेखि निर्देशन, छायांकन लगायतका सबै पक्ष सशक्त रहेको भन्दै निर्देशक थापाले फिल्मले दर्शकको मन जित्ने विश्वास बोकेका छन् । फिल्ममा अभिनेत्री पूजा शर्माले समेत लगानी गरेकी छिन् ।

