Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गाउँका सोझा निखिल बेपत्ता नागरिक बन्दा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/03
बैशाख १ गते देशव्यापी रिलीज हुने नेपाली चलचित्र 'राधे'को नयाँ ट्रेलर सार्वजनिक भएसँगै चलचित्र वृत्तमा नयाँ चर्चा थपिएको छ । अघिल्लो ट्रेलरमा कमाण्डोको रुपमा देखिएका एक्शन किंग नायक निखिल उप्रेती दोश्रो ट्रेलरमा बेपत्ता नागरिकको भूमिकामा उपस्थित छन् ।
 
अनुमान नगरिएको बिषयमा ट्रेलर आएपछि चलचित्रको चर्चा थपिएको छ । गाउँको सोझो युवक राधे कसरी बेपत्ता हुन्छ र उसको जीवन संघर्ष कहाँसम्म पुग्छ दोश्रो ट्रेलरले बोल्छ । समाज र सरकारले अपहेलना गरेको बेपत्ता नागरिक बनेका नायक उप्रेतीको अभिनयले दर्शकको मन छुने बिश्वास ट्रेलर हेरेपछि लिन सकिन्छ ।
 
हेर्नुहोस् ट्रेलर:
 

 
'राधे' जगदिश्वर थापाको लेखन तथा निर्देशनमा बनेको छ । सुशिल पोख्रेलको निर्माणमा तयार ‘राधे’मा निखिल उप्रेती, प्रियांका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरी लगायतका कलाकारको समेत मुख्य भूमिका छ । कृष्ण श्रेष्ठको छायांकन रहेको ‘राधे’का सम्पादक गौतम राज खड्का हुन् ।
Most Visited News (monthly)