Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लभ लभ लभ' फास्फुड हैन आदर्श प्रेमको कथाः निर्देशक खनाल

फिल्मीखबर, काठमाडौं, 2017/04/02
आउँदो बैशाख १ मा रिलिजको लागी तयार फिल्म 'लभ लभ लभ' यतिबेला चर्चामा छ । उच्च मेकिङ अनि प्रेमकथा बोल्ने फिल्मको भिडमा बेग्लै स्वादको दाबीसँगै दरिलो प्रचार, फिल्म चर्चामा रहनुपछिका खास पाटोहरु हुन् । 
 
 
 
अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । फिल्म उद्योगमा छुट्टै पहिचान बनाएका अनि हरेक फिल्म आउँदा रिलिज पहिले नै संभावना देखाउने खनाल जोडिनुले पनि फिल्मप्रति आशा गर्ने धेरै ठाउँ छन् । 
 
खनाल भन्छन्, 'लभ स्टोरी भन्दैमा यो जनराका आम फिल्मकै लाईनमा 'लभ लभ लभ'लाई म लिन्न, 'मेरो फिल्मले पछिल्लो समय मौलाउँदो फास्टफुड लभ भन्दा माथीको कथा बोल्छ ।' उनले पछिल्लो पुस्तामा 'फास्टफुड' शैलीको प्रेम फस्टाउँदै गएपनि आदर्श प्रेम नमरिसकेकोले सच्चा अनि गहिरो प्रेम गर्नेहरु पनि छन् भन्ने कुरा फिल्मले बोल्ने बताए । 
 
माया गर्नेहरुको लागी नयाँ बर्षमा आफ्नो उपहार 'लभ लभ लभ' भन्दै टिकट काटेर हलमा पुग्ने दर्शकहरुलाई न्याय गर्ने फिल्म 'लभ लभ लभ' बनेकोमा शंका नगर्न उनको आग्रह छ । संवादबाहेक पनि कलाकारको हाउभाउ र परिस्थितिले दर्शकमा सञ्चारको काम गर्ने भन्दै खनालले यो प्रकारको स्वाद आफ्नो फिल्मले पस्किने दाबी गरे ।
 
निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । सुरजको लागी यो फिल्म लिड अभिनयमा डेब्यू हुनेछ । उनले यसअघि भने वाल कलाकारको रुपमा आधा दर्जन फिल्ममा काम गरिसकेका छन् ।