Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'वीर विक्रम २' घोषणा : लिडमा प्रियंका, दयाहाङ दोहिने संभावना बढि

फिल्मीखबर, काठमाडौं, 2017/03/31
गत भदौमा रिलिज भइ दर्शकको मन जितेको तथा नेपाली वक्सअफिसमा सफल विजनेस गरकेो फिल्म 'वीर विक्रम'को सिक्वेल निर्माण घोषणा गरिएको छ । निर्देशक मिलन चाम्सले सिक्वेल निर्माणको पुष्टि गरे । 
 
 
दर्शकले हलमा रिलिजको समयमा अनि युट्युवमा आउँदा दिएको माया त साथले सिक्वेल निर्माणको लागी प्रेरित गरेको चाम्सको भनाई छ । उनका अनुसार फिल्म बर्ष २०१७ को अन्त्यतिर अर्थात नेपाली महिना अनुसार आउँदो मंसिर महिनाबाट फ्लोरमा जानेछ । 
 
प्रि प्रोडक्शनको सबै काम सकाएर तथा कथालाई मजबुद बनाउँदै सबै कलाकारको अभिनयमा निखारता लिएर नै फिल्मलाई फ्लोरमा लैजाने चा्सले बताए । फिल्ममा कथा यम थापाको रहने छ । निर्देशक चाम्सले थापालाई पाँच लाख रकममा स्कृप्टको लागी अनुबन्ध गरेको दाबी गरेका छन् ।
 
 
फिल्ममा लिड अभिनेत्रीमा प्रियंका कार्की रहने पक्का भईसकेको छ । यस्तै अघिल्लो सिरिजका ७० प्रतिशत कलाकार दोहोरिने संभावना बढि रहेको चाम्सले बताए । जहाँ लिड अभिनेतामा दयाहाङ रआई हुनसक्ने संभावना बढि देखिन्छ । 'वीर विक्रम'को अभिनयको तारिफ अनि प्रियंकासँगको निकटताले पनि दयाहाङ यो प्रोजेक्टमा हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
Most Visited News (monthly)