Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

'गाजलु' सफलतापछि रोहित फिल्मस् को 'ब्रेकअप', रिलिज समेत घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/03/31
गत जेठ २८ मा रिलिज भई  नेपाली बक्सअफिसमा सफल बनेको फिल्म 'गाजलु' निर्माण टिमले दोश्रो प्रोजेक्ट घोषणा गरेको छ । 'गाजलु' रिलिजको झण्डै एक बर्ष पुग्नै लाग्दा निर्माण ब्यानर रोहित अधिकारी फिल्मस् ले दोश्रो प्रोजेक्ट स्वरुप 'ब्रेकअप' घोषणा गरेको हो । 
 
 
 
निर्माता रोहित अधिकारीले भदौबाट फिल्म फ्लोरमा जाने पुष्टि गरे । फिल्ममा को-को कलाकार रहने भन्ने कुरा गौड राखिएको छ । रोहित फिल्मस् सँगै ह्याप्पी प्लानेट फिल्मस् को संयुक्त ब्यानरमा फिल्म 'ब्रेकअप' बन्नेछ । अधिकारीले पुर्णतः लभ स्टोरी जनरामा फिल्म बन्न लागेको बताए । 
 
फिल्माई हेमराज बिसीले निर्देशन गर्दैछन् । 'गाजलु' निर्देशक बिसी मोटो पारिश्रमिकमा रोहितको दोश्रो प्रोजेक्टमा अनुबन्ध भएका थिए । यसैबीच पछिल्लो समय फिल्म निर्माण पुर्व नै रिलिज तयको होठबाजीमा 'ब्रेकअप' पनि थपिएको छ । निर्माण घोषणाको पुर्व सन्ध्यामा यो प्रोजेक्ट अर्को बर्षको फागुन २ मा रिलिज हुने समेत घोषणा गरिएको छ । 
Most Visited News (monthly)