निर्माणको लामो समयपछि फिल्म 'संरक्षण' प्रदर्शनको लागी तयार भएको छ । फिल्मको अफिसियल रिलिज बुधबार तय भयो । साउन १३ मा फिल्म रिलिज हुनेछ ।
पुणेन्दु झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी लगायत लिड अभिनयमा छन् । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।
यसैबीच उक्त मितिमा यसअघि नै रिलिज तोकिएको फिल्म 'प्रेमगीत २'सँग संरक्षणको वक्सअफिस भिडन्त हुने भएको छ । सन्तोष सेनको निर्माण तथा रामशरण पाठकको निर्देशनमा बनेको फिल्ममा प्रदिप खड्का र अश्लेशा ठकुरी लिड अभिनयमा छन् । सफल फिल्म 'प्रेमगीत'को सिक्वेलको रिलिज अगाबै एक प्रकारको संभावना रहिरहँदा उल्लेखित दुई फिल्मबीचको भिडन्त रोचक हुने अनुमान छ ।

