Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मन्दिरा’को पोस्टर सार्वजनिकसँगै अफिसियल रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/03/30
फिल्म 'मन्दिरा'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सस्पेन्स प्रेम कथा बोल्ने भनिएको फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गरियो । फिल्म असार २ मा रिलिज हुनेछ । 
 
 
 
दिपेश सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म एक घरको एक कोठामै खिचेर सकाईएको बताईएको छ । निर्देशक सापकोटाले 'मन्दिरा'को निर्देशकिय पाटोलाई आफ्नो करियरको 'एक्सपेरिमेन्ट' भनेका छन् ।
 
 
 
करुणा अर्याल र उज्वल अर्यालले निर्माण गरेका फिल्मका प्रस्तुतकर्ता हरि भट्ट छन् । फिल्ममा नरेन खड्का, बिनि पोखरेली, जे. बि. डि. सी.,  लक्ष्मी बस्नेत,  प्रवन भुसाल, बिनिता ओली, राजन ढुंगाना लगायतको मुख्य भूमिका छ । सुसन प्रजापतिले 'मन्दिरा' खिचेका हुन् ।
 
Most Visited News (monthly)