Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भदौमा 'कृ' रिलिज संभावना टर्दै, स्कृप्टमै अनमोलको शंका

बैकुण्ठराज पराजुली, काठमाडौं, 2017/03/29
अनमोल केसी नेपाली वक्सअफिसमा स्टारडम बिक्ने एक मात्र अभिनेता कहलिएकोमा धेरैको शंका छैन् । नामले टिकट बिक्री हुने अनि रिलिज भएका सबै फिल्मका निर्मातालाई मुनाफा दिने एक मात्र स्टार अनमोल छन् । तर उनै अनमोलले खेलेको फिल्मको स्कृप्ट अनि अभिनयमाथी चार फिल्म आइसक्दा पनि फ्यान तथा फिल्मकर्मी भने सन्तुष्ट छैनन् । 
 
 
यो हुँदै गर्दा अब आउने फिल्म त्यस्तो नहोस् भन्नमा स्वयंम अनमोल नै लागेका छन् । 'होस्टेल', 'जेरी', 'ड्रिम्स' र 'गाजलु' चारै फिल्म वक्सअफिसमा हिट हुँदा अनमोल अहिले 'कृ' को तयारीमा छन् । तर सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने गरी महिनौं पहिले घोषणा गरिएको फिल्म 'कृ' फ्लोरमा भने अझै जान सकेको छैन् । जसका कारण यो फिल्मको घोषणा भइसकेको रिलिजमा पनि शंका उब्जिएको छ ।
 
गत माघमा नै फ्लोरमा जाने चर्चाका बीच फागुन दोश्रो हप्ता फ्लोरमा जाने निर्माण टिमले उद्घोष गरेको थियो । तर त्यो मितिमा पनि फिल्मको छायांकन सुरु भएन् । त्यसपछि चैत्र दोश्रो साताको चर्चा चल्यो तर त्यो मिति पनि गुज्रिसकेको छ । फिल्म चैत्र महिनामा नि फ्लोरमा जाने संभावना कम छ । पुनः फिल्म बैशाखबाट फ्लोरमा जाने कुरा गाईंगुईं चलिरहेको छ । यो हुँदा या नहुँदा पनि फिल्मको पुर्व घोषित भदौ ८ रिलिज हुने संभावना भने टर्दै गएको छ । 
 
बैशाख पहिलो साता फ्लोरमा जाँदा पनि फिल्मको बारेमा निर्माण टिमले यसअघि मिडियामा ल्याएको विषयवस्तुलाई आधार मान्ने हो भने यो फिल्म छायांकनमा नै कम्तिमा एक महिना देखि ४५ दिन सम्मको समय लाग्नसक्छ । त्यो माथी फिल्मका अधिकांश महत्वपुर्ण दृश्य 'भिएफएक्स' गर्नपर्ने रहेको बताईन्छ । त्यसैले निर्धारित मितिमा फिल्म तयार गरेर दर्शकमाझ ल्याउन निर्माण टिमलाई टाउको दुखाईको विषय बन्ने निश्चित छ ।
 
किन फ्लोरमा जान सकेन फिल्म ?
 
जानकारीमा आए अनुसार सुवास गिरी निर्माता रहने अनि अनमोल पिता समेत रहेका अभिनेता भुवन केसीको समेत सेयर रहने फिल्मको स्कृप्ट नै अझै फाईनल छैन् । प्रदिप भारद्वाजले लेखेको स्कृप्टमा स्वयंम अनमोलले शंका गरेका छन् । पटक पटक पुनर्लेखन हुँदा सम्म अनमोल उक्त स्कृप्टमा अभिनयको लागी रेडी नभएको श्रोत बताउँछ ।
 
त्यसो त अनमोलले आफु निकटका निर्देशक, फिल्मकर्मी अनि साथीहरुलाई समेत 'कृ'को स्कृप्ट चित्त नबुझेकोले तोकिएको समयमा फिल्म तयार हुने अनि रिलिज हुने आशा टारेको समेत जानकारीमा छ । कम फिल्म गर्ने अनि राम्रो स्कृप्टमा राम्रो अभिनय गर्ने कबल गरेका अनमोललाई पुनः नयाँ फिल्म रिलिज पछि हिट हुँदा समेत आफ्नो अभिनयले आलोचना नपाओस भन्ने छ ।
 
उता पहिलो चरणको स्कृप्टमा अनमोलसँग जोडी बाँध्न तयार भएकी अदिती बुढाथोकी त्यसयता सम्पादन भएका बुँदाहरुबाट समेत टाढा छिन् । भारतमा बस्दै आएकी अदिती अहिलेसम्म काठमाडौं नआउनुले पनि फिल्मको काम तत्काल सुरु नहुने बताउँछ ।
Most Visited News (monthly)