Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दि रिङ'ले पाएन सोलो रिलिज, शाहरुख भर्सेज अक्षय भिडन्त पक्का

फिल्मीखबर, काठमाडौं, 2017/03/29
पछिल्ला केहि रिलिजलाइ हेर्ने हो भने वलिउड स्टार शाहरुख खान लगातार ठुलो भिडन्तमा परेका छन् । २०१५ मा 'दिलवाले'लाई 'बाजिराव मस्तानी'ले पछारेकोदेखि २०१६ मा 'काबिल'ले 'रईस'माथी हाबी भएका उदाहरणले शाहरुख अनि उनका फ्यानलाई टाउको दुखाइ बन्यो । 
 
 
 
अब २०१७ मा भने बिग रिलिजको लागी तम्तयार शाहरुखमाथी पुनः चुनौती थपिने पक्का भएको छ । शाहरुख र अनुष्का शर्मा स्टारर फिल्म 'दि रिङ' भारतिय स्वतन्त्रता दिवसको छेकोमा आगामी अगष्ट ११ मा रिलिजको तयारी हुँदै गर्दा सोहि मितिमा अर्का स्टार अक्षयकुमारको फिल्म 'ट्वाईलेट एक प्रेम कथा' समेत सोहि मितिमा आउने पक्का भएको हो । 
 
हरेक समय ईनिसियल विजनेसपछि कमजोर 'वर्ड अफ माउथ' मिलेका फिल्मसँगै पर्दामा आएका शाहरुखका पछिल्ला रिलिज केहि फिल्मले कमाल गर्न नसक्दै गर्दा यो पटक पनि अक्षयको फिल्मले बाजी मार्यो भने शाहरुखको अभिनय यात्रा अनि स्टारडम कमजोर आँकलन हुने पक्का छ ।
 
त्यसो त पछिल्ला रिलिज फिल्मले लगातार १ सय करोड पार गरेको उदाहरण हेर्दा अक्षयको फिल्ममाथी भने आशा गर्ने ठाउँ थपिएको छ । वलिउड मिडियाले शाहरुख र अक्षयबीच हुन लागेको फाईटलाई २०१७ कै ठुलो भिडन्त लेखेका छन् ।
Most Visited News (monthly)