रिलिजको पुर्व सन्ध्यामा फिल्म ‘पलाँस’ को ओएसटी रिलिज भएको छ । अभिनेता तथा गायक प्रदीप बाँस्तोलाले आफ्नै शब्द तथा संगीतमा ‘पलाँस’ को ओएसटी गाएका छन् ।
प्रदीप ‘अधकट्टी’का डेब्यू अभिनेता हुन् । रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको फिल्म ‘पलाँस’ नारी प्रधान फिल्म हो । जसमा रेखा थापा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् ।
निर्मात्री कृष्णा चौंलागाईंले ‘पलाँस’ लाई रेखाले गर्दै आइरहेका फिल्महरु भन्दा भिन्न रहेको बताउँदै आइरहेकी छिन् । फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।

