मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

कस्तो चल्यो निखिलको निर्भय ?

फिल्मीखबर, काठमाडौं, 2017/03/26

शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन स्टार निखिल उप्रेती अनि नीता ढुङ्गाना स्टारर फिल्म 'निर्भय'ले सुखद ओपनिङ गरेको निर्माण टिमले दाबी गरेको छ । निर्देशक मधुसुदन भट्टराईले फिल्मको दुई दिनको विजनेसबाट सन्तुष्ट रहेको बताए ।

पहिलो दिन शुक्रबार आशातित ओपनिङ हुन नसकेको फिल्मले शनिबार दर्शकको साथ पाएको थियो । शनिबार विहानी तथा दिवा शो मा केहि हल हाउसफुल पनि बने । राजधानीको गोपिकृष्ण हलको दिवा शो मा कृष्ण हल हाउसफुल भएको थियो ।

 


फिल्म हेर्ने अधिकांश दर्शकले राम्रो बोलेका छन् । फिल्मीखबरको क्यामेरामा कैद भएको भिजुअल दृश्यमा अधिकांश दर्शकले 'निर्भय' मन पराएको बताएका छन् । निखिलको एक्शन अनि निडर 'हाउसवाईफ' को भुमिका निभाएकी नीताको जिवन्त अभिनय र भिलियन अबतारमा देखिएका विकास चापागाईसँगै प्रज्वल गिरी, सुशिल पोखरेल, आईजिपी बनेका प्रदिप ढकालसम्म दर्शकमाझ नोटिस छन् ।

निर्माता देविप्रसाद पाण्डेले 'निर्भय'को ओपनिङबाट खुशी लागेको भन्दै भोलीका दिनमा पनि फिल्म निर्माणमा आफ्नो अग्रसरता निरन्तर रहने बताए । वर्ड अफ माउफ औसत पाएको फिल्मको लगानी उठ्ने नउठ्ने माथीको प्रश्नको जवाफ भोली परेको बिदाको दिनको विजनेसले पुरा गर्नेछ ।