मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत्र २५ मा परिचय खोज्दै प्रज्वल र सारिका दर्शकमाझ पुग्ने

फिल्मीखबर, काठमाडौं, 2017/03/26

फिल्म अपरिचित चैत्र २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि नम्रता श्रेष्ठको 'पर्व' आउने चर्चाका बीच सो फिल्म रिलिज सरेर जेठ पुगेपछि अब यो मितिमा 'अपरिचित' आउने पक्का भएको हो ।

 


जुना फिलमुको ब्यानरमा निर्माण भएको अपरिचितमा प्रज्वल गिरी, ध्रुव कोईराला, सारिका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष बर्देवा लगायतको मूख्य भुमिका छ । फिल्मलाई रुपेश थिङले निर्देशन गरेका हुन् । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि फिल्मबाट मुलधारको फिल्म निर्देशन यात्रा सुरु गरेका हुन् ।

फिल्ममा लगानी मिलन लामा र जविन्द्र सुब्बाले गरेका छन् । भने कार्यकारी निर्माता अमृत थिङ हुन् । एक्शन लभ स्टोरी जनराको भनिएको फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् ।