फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई फिल्म प्रदर्शनमा आएका छन् । एक्शन स्टार निखिल उप्रेती र नीता ढुङ्गाना लिड अभिनयमा रहेको फिल्म 'निर्भय' र दयाहाङ राई अनि सौगात मल्ल स्टारर 'लप्पन छप्पन' यो हप्ताको लागी पर्दामा आएका हुन् ।

शुक्रबारबाट रिलिज फिल्मको पहिलो दिनको पहिलो तथा दिवा सो कस्तो रह्यो त दर्शकलाई कौतुहलताको विषय हुनसक्छ । विशेषत: 'निर्भय' सिङगल स्कृन लक्षित हुँदा 'लप्पन छप्पन' भने मल्टिप्लेक्समा बढि केन्द्रित छ । तर दुबै फिल्म फिल्म सिंगल र मल्टिप्लेक्स दुबैतिर लागेका छन् ।
मधुसुदन भट्टराई निेर्देशित निर्भयको भन्दा 'लप्पन छप्पन'को ओपनिङ अकुपेन्सी माथी पाईएको छ । शुक्रबारको मर्निङ शो मा निर्भय अकुपेन्सी ३५ प्रतिशत आसपास छ भने 'लप्पन छप्पन' अकुपेन्सी ५० प्रतिशत आसपास छ ।
राजधानीका मल्टिप्लेक्समा फिल्मीखबरकर्मी पुग्दा सकिँदै गरेको 'लप्पन छप्पन' शो मा अधिकांश दर्शकले सुखद प्रतिक्रिया दिए । तुलनात्मक रुपमा प्रतिक्रिया मिश्रित छ । यो फिल्मलाई कतिपय दर्शकले 'लुट २' कै निरन्तरता समेत बोलेका छन् । तर विदेशमा खिचिएको दृश्यहरु अनि मेकिङलाई फिल्मकर्मीले तारिफ गरे । निर्देशक मुकुन्द भट्ट दर्शक प्रतिक्रिया बाट सन्तुष्ट देखिन्थे ।
उता 'निर्भय' मुख्यत: सिङगल स्कृन केन्द्रित हुँदा फिल्मको ओपनिङ आशा अनुसार अझै हुनसकेन् । निर्देशक मधुसुदन भट्टराईले मर्निङ शो मा भन्दा दिवा सो मा दर्शक थपिएको जानकारी गराउँदै शनिबार फिल्मको विजनेस आक्रामक हुनसक्ने अनुमान लगाए ।
शनिबार बिदाको दिन पर्दै गर्दा यो दिनको विजनेसले दुबै फिल्मको भविष्य कस्तो रहने भन्ने कुरा क्लियर हुनेछ । त्यसो त वर्ड अफ माउथ बढ्दै जाने हो भने फिल्मले मध्य सातामा भेट्ने विदाको फाईदा पनि उठाउन सक्नेछन् ।

