मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

'लप्पन छप्पन' स्टाईलमै निर्देशकलाइ यसरी छले दयाहाङ र सौगातले !

बैकुण्ठराज पराजुली, काठमाडौं, 2017/03/23

'लप्पन छप्पन' फिल्म रिलिजको संघारमा छ । शुक्रबार रिलिज हुने फिल्म प्रचारको लागी निर्माता निेर्देशक केहि कलाकार मात्र लिएर मैदानमा छन् तर स्टारको उपमा पाएका यहि फिल्मसँग सम्बन्धित लिड कलाकार भने प्रचारमा छैन् ।

 


'लप्पन छप्पन' का मुख्य कलाकार हुन् दयाहाङ राई र सौगात मल्ल । तर यी दुई अभिनेता भने यो फिल्मको प्रचारमा छैनन् जसरी अन्य फिल्ममा देखिन्थे अनि हिँड्थे । त्यसो त केहि हप्ता पहिले मात्रै रिलिज फिल्म 'लुट २ ' को प्रचारमा पनि यी दुई अभिनेता कतै कतै थिए तर किन छैनन् त 'लप्पन छप्पन'लाई दया र सौगातको साथ ?

नेपालमा रहेका फिल्मकर्मीलाई दयाहाङ अमेरिका छन् भन्ने छ । एक फिल्म फेस्टिभलमा 'सेतो सुर्य' स्कृनिङको लागी निर्देशक सहित अमेरिका पुगेका दयाहाङ नेपाल फर्किसके तर कसैलाई पत्तो छैन् । निर्माण टिमले समेत बुधबार आयोजना गरेको एक प्रेसमिटमा दयाहाङ अमेरिका रहेको र सौगात अर्को फिल्मको छायांकनमा रहेको बताएको थियो । यदि उनिहरुले बोलेको सच्चा थियो भने दयाले राम्रै सँग निर्देशक मुकुन्द भट्ट सहितको टिमलाई 'प्रयाङ्क स्टाईल'मा छलेका छन् ।

उता 'झ्यानाकुटी' फिल्मको छायांकनको लागी पोखरा गएका भनिएका सौगात पनि उक्त फिल्मको सेटमा नरहेको समाचार मिडियामा आईसकेको छ । त्यसैले सिधा रुपमा दया र सौगातले 'लप्पन छप्पन'लाई साथ दिन नखोजेको आशय उल्लेखित कुराहरुले बोल्छन् ।

त्यसो त 'लुट २' ले आशातित व्यापार नगर्नु अनि सोचेअनुसारको समिक्षा नभेट्नुको प्रभाव सिधा रुपमा यो हप्ता रिलिज फिल्मलाई पनि पर्नसक्छ । उल्लेखित दुई अनुहार नै यी दुई फिल्मका लिड अभिनेता थिए । 'लुट २' र 'लप्पन छप्पन' दुबै फिल्मले पैसाको कहानी बोल्नु अनि 'लप्पन छप्पन'लाई मार्केटमा 'लुट ३' को संज्ञा समेत दिईनुले पनि फिल्मको विजनेस भविष्य नहेरी दर्शकलाई हेर्न आउनुस सम्म नभनी उनिहरु पछि बसेका हुनसक्छन् ।

अर्को तर्फ दयाहाङ राईले प्रयोग गर्दै आएका सामाजिक सञ्जालमा भित्ताहरु हेर्ने हो भने पनि उनले 'लप्पन छप्पन'लाई प्राथमिकता नदिएको सिधा प्रष्टिन्छ । उनको फेसबुक वालमा अहिलेसम्म पनि कभर तश्विरमा 'लुट २' को पोस्टर छ तर 'लप्पन छप्पन'सँग सम्बन्धित कुनै पनि पछिल्ला पोस्ट देखिँदैनन् ।

आफु अभिनित हरेक फिल्मलाई समान प्राथमिकता दिनुपर्ने सम्बन्धित कलाकारको दायित्व हुनसक्छ । तर दयाहाङले किन एकाएक रिलिजको फिल्म प्रचारबाट टाढा बस्ने निर्णय गरे ? त्यो उनले नै बुझ्ने कुरा हो तर आफुले मुख नखोल्दाको घाटा आफ्नै करियरमा पनि लाग्छ भन्ने कुरा उनलाईई किन भान भएन् त्यसको जवाफ पक्कै कहिँ न कहिँ दयाहाङले दिनेनैछन् ।