मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नेपाली फिल्ममा वलिउड कलाकार राजपाल, 'करोडपति' छायाँकन सुरु

फिल्मीखबर, काठमाडौं, 2017/03/23

वलिउड कलाकार राजपाल यादव यतिबेला नेपालमा छन् । मंगलबारबाट छायाँकन सुरु बएको फिल्म 'करोडपति'मा उनले अभिनय गर्नेछन् ।

वलिउडका कलाकार राखेर फिल्म बनाउने धेरै नेपाली निर्माता निर्देशकले राखेको ईच्छा पुरा नहुँदै गर्दा निर्माता सुरेश अधिकारी यो विषयमा सक्षम र लक्की ठहरिएका छन् ।

अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको फिल्म 'करोडपति'मा राजपाल लिड अभिनयमा हुनेछन् भने उनिसँगै 'के म तिम्रो होईन र' डेब्यू अभिनेता आर्यन अधिकारी र नीता ढुङ्गाना लिड अभिनयमा छन् ।

यो फिल्मको छायांकनको क्रममा कम्तिमा दुई साता राजपाल नेपालमा रहने बताईएको छ ।