मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विल्सनको 'रातो घर' रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/03/22

पटक पटक रिलिजको चर्चापछि धकेलिँदै आएको कमेडियन विल्सन विक्रम राई स्टारर फिल्म 'रातो घर' को अन्तत: प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षको जानकारी अनुसार फिल्म अर्को बर्षको जेठ १९ मा रिलिज हुनेछ   ।

सुरज सुब्बा नाल्बो निर्देशित फिल्मले लागु पदार्थ अनि दुर्व्यसनको कथा बोल्छ । फिल्म २०७२ मै तयार भईसकेको थियो । विदेशका विभिन्न शहरमा समेत फिल्म प्रदर्शन भईसकेको छ ।

यो फिल्ममा विल्सनसँगै गौरव पहारी, संयम पुरी, जितेन तामाङ, विकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बुलगायतको अभिनय छ । फिल्मले युवा पुस्ताको कथा बोल्छ ।