मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बन्धन'मा परेको प्रेममा यस्तो छ पुर्णिमा र प्रिन्सको मर्ने र बाँच्ने बाचा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/03/22

बैशाख १५ लाई प्रदर्शन मिति तय गर्दै प्रचारमा उत्रिएको फिल्म 'बन्धन'को अफिसियल गीत रिलिज भएको छ । ईन्टरनेटमा रिलिज पहिलो गीतमा स्वर बादल थापा र सुमिना लो को छ ।

 


शिसिर जय खरेल निर्माता रहेको फिल्मको सार्वजनिक गीतको शब्द तथा संगीत राजेन्दृ भट्टको हो । सिर्जना फिल्मस् को व्यानरमा बनेको फिल्मको गीतमा कोरियोग्राफी रोहन नेपालीले गरेका छन् ।


जयदर्लामी मगरले खिचेको फिल्मलाई समिर मियाले निर्देशन गरेका हुन् । फिल्ममा सविन श्रेष्ठ, पुर्णिमा लामा, प्रिन्स श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मको केहि हप्ता पहिले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज तोकिएको थियो ।