मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

भदौमा तीन ठुला फिल्मको फाईट, नआउने भो 'छक्का पञ्जा फेरी'

बैकुण्ठराज पराजुली, काठमाडौं, 2017/03/21

बर्ष २०७४ को भदौ महिना नेपाली फिल्म उद्योगको लागी खास हुनेछ । ठुला ब्यानर भनिने अनि आशा गरिएका फिल्म यो महिना रिलिज हुनेछन्, सबैको एक मात्र उद्देश्य हुनेछ दर्शक आफ्नो पक्षमा पार्ने ।

 

(ग्याङ्गस्टर ब्लूजका लिड कलाकारहरु)


भदौको पहिलो हप्ता अर्थात २ गरे हेमराज बिसी निर्देशित फिल्म 'ग्याङ्गस्टर ब्लूज' रिलिज हुनेछ । सुरुमा अनमोल केसीले अभिनय गर्ने चर्चाका बीच संभावना बोकेका युवा आशिरमान देशराजलाई डेब्यू दिएको फिल्ममा अनमोलसँगै 'जेरी' फिल्ममा स्कृन सेयर गरेर चर्चामा आएकी आना शर्मा अपोजिटमा छिन् । निर्माण घोषणा देखि नै चर्चामा रहेको फिल्मलाई आशाको रुपमा लिईएको छ । नेपालगञ्जमा अहिले सरोज न्यौपाने निर्माता रहेको यो फिल्मको छायांकन धमाधम चलिरहेको छ ।

 

(कृ फिल्मका लिड कलाकार अनमोल केसी र अदिती बुढाथोकी)


यस्तै यो फिल्म रिलिजको अर्को हप्ता अनमोल केसी लिड अभिनयमा रहने फिल्म 'कृ'को रिलिज तोकिएको छ । फिल्मको छायांकन सुरु भईसकेको छैन् तर लामो समयपछि पर्दामा आउँदै गरेका अनमोलको यो फिल्म रिलिजले खास कमाल गर्नसक्ने अनुमान अहिलेदेखि नै छ । सुरेन्द्र पौडेलको निर्देशन अनि सुवास गिरीको लगानीमा फिल्म बन्दैछ ।अनमोलको अपोजिटमा अदिती बुढाथोकी देखिँदैछिन् ।

 


यस्तै सोहि महिनाको अन्तिम साता निर्देशनसँगै अभिनय अनि आईटम गीतमा जम्दै आएका निश्चल वस्नेत अभिनयमा रहने फिल्म 'दुई रुपैयाँ' रिलिज हुनेछ । छायांकनको क्रममा रहेको फिल्म नामले नै कमेडी जनरा बोल्छ ।

यो बीचका दुई साता फिल्म रिलिज तोकिएको छैन् । अनमोल केसी स्टारर 'कृ' को प्रभावको अनुमान सहित अन्य फिल्म भदौको तेस्रो र चौथो साता आएका छैनन् । यसअघि भदौ तेश्रो साता (भदौ १६) मा बर्ष २०७३ को ब्लकवस्टर 'छक्का पञ्जा'को सिक्वेल बनन्दै रिलिज तोकिएको थियो । अब उक्त मितिमा फिल्म आउनेछैन् ।

जानकारीमा आएअनुसार 'छक्का पञ्जा फेरी' असोज ११ मा रिलिज हुनेछ । चैत्रको अन्तिम या बैशाखको पहिलो हप्ताबाट फिल्मको छायांकन सुरु हुने बताईएको छ ।

जति नै संभावनावान मान्दा अनि राम्रा बनेर आउँदा पनि फिल्मले व्यापारिक सफलता पाउन नेपाली हलमा कम्तिमा १ हप्ताबढि विजनेस गर्नैपर्छ । करोड बढि बजेटमा बन्ने फिल्म एक पछि अर्को हप्ता भिड्न तम्सिँदा त्यसको नाफाघाटाको जोडघटाउमा निर्माताहरु अहिलेदेखि नै लाग्ने देखिन्छ ।

 

 

 आशातित ब्यानरका अनि संभावना बोकेका निर्देशकहरुका फिल्म नै एकपछि अर्को गर्दै रिलिज हुँदा त्यसको प्रभाव एक अर्कामा पर्ने पक्का छ । तर मुख्य कुरा फिल्म कस्तो बनेर आउँछन् भन्ने हो । त्यसैले जति नै ठुलो भिडन्त हुँदा पनि राम्रो बन्ने फिल्मलाई नै अन्तत: दर्शकले साथ दिनेछन् ।