मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्लोरमा नजाँदै प्रियंका र सौगातको 'फाटेको जुत्ता' रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/03/20
गत हप्ता अफिसियल निर्माण घोषणा गरिएको फिल्म 'फाटेको जुत्ता' को फ्लोरमा जानु पुर्व नै रिलिज घोषणा गरिएको छ । निर्माता अर्जुनकुमारले दिएको जानकारी अनुसार फिल्म अर्को बर्षको तिहारको छेकोमा कार्तिक १७ मा रिलिज हुनेछ । 
 
 
 
बैशाखबाट फ्लोरमा जाने भनिएको फिल्म यसअघि भदौ २३ मा रिलिजको चर्चा थियो । तर सोहि मिति आसपास निर्माण ब्यानर पपकर्न पिक्चर्सकै तर्फबाट बन्दै गरेको फिल्म 'दुई रुपैयाँ' भदौ मा नै आउने भएपछि 'फाटेको जुत्ता'को रिलिज धकेलिएको निर्माता अर्जुनकुमारले बताए । 
 
फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् । प्रियंका कार्की र सौगात मल्ल फिल्मका लिड कलाकार हुन् । म्युजिक भिडियोका स्थापित निर्देशक निकेशले यसअघि 'जीन्दगी रक्स' नामको फिल्म बनाएका थिए । तर त्यो फिल्म व्यापारिक रुपमा भने सफल भएन् ।