चैत्र ११ मा रिलिज हुने फिल्म 'लप्पन छप्पन' युनिटले रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई गति दिइरहेको च । यो बीचमा चर्चित गायक सविन राई स्वरबद्ध फिल्ममा समावेश कन्सर्ट गीत रिलिज गरिएको छ ।
'रन अन गन' बोलको गीतमा राईले स्वर दिँदा संगीत र शब्द दिपक आरजेले भरेका छन् । गीतको भिजुअलमा फिल्ममा समावेश केहि चल दृश्य समेत जोडिएको छ । मुकुन्द भट्टले फिल्म निर्देशन गरेका हुन् ।
नेपाल तथा युरोपला खिचिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी लगायत लिड अभिनयमा छन् ।