मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चर्चित उपन्यास 'समर लभ' माथी फिल्म घोषणा, भारतिय नागरिक रेवती साया बन्ने

फिल्मीखबर, काठमाडौं, 2017/03/19

युवा लेखक सुविन भट्टराई द्वारा लिखित उपन्यास 'समर लभ'माथी फिल्म बन्ने भएको छ । 'नाई नभन्नु ल ३' निर्देशक मुस्कान ढकालको निर्देशन रहनेगरी आईतबार फिल्म घोषणा गरियो ।

 


राजधानीमा आयोजित एक कार्यक्रममा लेखक भट्टराई समेत उपस्थित थिए । सुविनले मुस्कान ढकाल सहितको टिममाथी विश्वास गर्दै आफ्नो उपन्यास माथी फिल्म बनाउन अधिकार दिएको बोले । फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

 


दुई बर्ष पहिलेदेखि निर्माणको चर्चा रहेको फिल्म आईतबार मात्र घोषणा भएको हो । छिट्टै नै फ्लोरमा जाने भनिएको फिल्ममा उपन्यास 'समर लभ'का मुख्य पात्र अतित र सायाको भुमिका निभाउँदै गरेका दुई लिड कलाकार पनि सार्वजनिक गरिएको छ ।

फिल्ममा अतितको भूमिकामा आशिष पिया देखिँदैछन् । केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिषको लागी यो फिल्म डेब्यू हुनेछ भने निक्कै खोजीपछि 'साया'को भुमिका निभाउन लायक पात्र रेवती क्षेत्री ठहरिएकी छिन् ।

नेपाली मुलका बुबा आमाकी छोरी रेवती आफु भने भारतिय नागरिक हुन् । २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवतीले यसअघि नै 'ग्याङ्ग अफ नर्थवेस्ट' नामको भारतिय फिल्म गरिसकेकी छिन् भने 'खातुन' नामको फिल्म समेत गर्दैछिन् ।

नेपाललाई मामाघर सम्झिने रेवतीले 'समर लभ' पुर्णत: पढेको र निकै मन परेको भन्दै यसको मुख्य पात्र निभाउन पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै तर्क अतित बन्दै गरेका आशिषको पनि थियो ।

फिल्मको संवाद लेखनमा सुविन र सामिप्यराज तिमिल्सेनाले सहकार्य गरेका छन् भने संगीत पुष्पन प्रधानक रहनेछ ।  नाइटिंगेल ईन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी छन् भने लगानीमा भरत शर्मा, सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले साझेदारी गरेका छन् ।

काठमाडौं, पोखरा, धनगढीमा छायाँकन हुने भनिएको फिल्मका केहि दृश्य विदेशमा पनि खिचिने बताईएको छ । बैशाखको दोश्रो हप्ताबाट फिल्म फ्लोरमा जानेछ ।