जेठको अन्तिम साता रिलिज हुने भनिएको फिल्ममा समावेश ‘भुल्न तिमीलाई सकिन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोमा मुख्य कलाकार मोहन बोगटी र हर्षिका श्रेष्ठ फिचरिङमा छन् ।
आफूले माया गरेको मान्छेबाट टाढा बस्नुपर्दाको पीडा बोल्ने गीतमा टंक बुढाथोकीले स्वर दिएका छन् । शब्द पनि टंकको नै छ । फिल्मलाई सुनिता शर्मा बोगटीले निर्माण गरेकी हुन् ।
एनआर घिमिरे निर्देशक रहेको फिल्म नेपालमा भन्दा पहिले दुबईमा प्रदर्शन हुने बताईएको छ ।आउँदो मे ५ मा फिल्म दुबईमा रिलिज हुनेछ । दिव्यराज सुवेदीले फिल्म खिचेका हुन् ।