मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लालटिन' आईटममा प्रियंकाको हट अबतार (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/03/19

अर्को बर्षको जेठ २६ मा रिलिज हुने फिल्म 'लालटिन'को आईटम गीत रिलिज गरिएको छ । यसअघि नै लिरिकल भिडियो सार्वजनिक गरको फिल्म निर्माण युनिटले प्रचारलाई सुरु गर्दै 'आईटम गीत' रिलिज गर्यो ।

 


सार्वजनिक गीतमा अभिनेत्री प्रियंका कार्कीले कम्मर मर्काएकी छिन् । प्रियंकालाई हट एण्ड ग्ल्यामरस अबतारमा आस्था राउत स्वरबद्ध गीतमा भेट्न सकिन्छ ।

'चमेली' बोलको गीतमा शब्द संगीत किरण माईकलको छ । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । भानुप्रताप प्रस्तुतकर्ता रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।

हरि घलेले खिचेको फिल्ममा प्रियंकासँगै दयाहाङ रआई, राज कटुवाल, केकी अधिकारी, निराजन प्रधान लगायत अभिनयमा छन् ।