मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गायक बने सलोन, 'बाबु कान्छा'मा गाए गीत

फिल्मीखबर, काठमाडौं, 2017/03/17

पछिल्लो समय अभिनेता अभिनेत्रीहरु गायन विधामा समेत सकृय भएको कुरा सर्व विदितै छ । अभिनय यात्रासँगै गायनमा समेत धेरैले एकपछि अर्को पाईला अघि बढाउँदै गर्दा अब यो सुचीमा अर्का अभिनेता थपिएका छन् ।

 


सलोनले आफ्नै पीता सोभित बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म 'बाबु कान्छा'मा समावेश हुने एक गीत आफ्नै स्वरमा रेकर्ड गराएका हुन् । उनले 'चन्द्रमाझै राम्री छौ' बोलको गीत हालै रेकर्ड गराए । गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन ।

गीत यसअघि शोभितकै  फिल्म कर्णवीरमा समावेश पुरानो गीतको रिमिक्स भर्सन हो । गायक तथा संगीतकार ओम सुनारले गीतलाई रिमिक्स गरेका छन् । गीतको ओरिजिलन भर्सनमा स्वर संगीत लक्ष्मण शेषको रहेको थियो ।

एक समयको हिट फिल्म कर्णवीरको सफलतालाई पुनर्ताजगी गराउन गीतलाई रिमिक्स गरिएको निर्देशक शोभितले बताए । फिल्म २०७३ को बर्षान्तमा फ्लोरमा जाने बताईएको छ तर सलोन बाहेक अन्य को कलाकार हुने भन्ने फाईनल छैन् ।