मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा जतिन र रेश्माको मायाको साईनो

फिल्मीखबर, काठमाडौं, 2017/03/17

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता फिल्म 'यो साईनो मायाको' सोलो रिलिज भएको छ । गत हप्ता रिलिज 'दर्पण छायाँ २ ' को प्रभाव अनि दर्शक चाप हलमा घट्दो रहँदा सोलो रिलिजको फाईदा 'यो साईनो मायाको'ले उठाउन सक्छ सक्दैन् हेर्न बाँकी छ ।

अरुणकुमार प्रधान निर्देशित फिल्मको नामले नै प्रेमभाव बोल्छ । फिल्ममा सञ्चारकर्मी समेत रहेका जतिन ताम्राकार र रेश्मा घिमिरे लिड अभिनयमा छन् । रेश्मा र जतिन सुबैको लागी यो फिल्म डेब्यू हो ।

किशोर भण्डारी 'डिट्ठा साब', नवनित राज प्रधान, राजु कमेडी लगायतको अभिनय रहेको फिल्मको प्रचार प्रसार भने अन्य फिल्मको तुलनामा कम छ । फिल्म राजधानीका १५ बढि पर्दामा अनि मोफसलका ३० बराबर हलमा एकसाथ प्रदर्शनमा आएको हो । सुनिल मानन्धरले फिल्मको वितरण जिम्मा लिएका छन् ।