मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो दयाहाङ र केकीको घामपानी ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/03/16

समिक्षक दिपेन्द्र लामाको डेब्यू निर्देशनमा तयार फिल्म 'घामपानी'को ट्रेलर रिलिज भएको छ । बैशाख १ मा रिलिजको तयारी हुँदै गर्दा निर्माण टिमले बिहिबार आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो।

 


ट्रेलरले फिल्मको मुख्य सार बोल्छ । अन्तरजातिय प्रेमको कथा बोल्ने फिल्ममा दयाहाङ राई तामाङ समुदायको अनि केकी अधिकारी ब्राहमण जातिय परिवारको सदस्यको रुपमा छन् । फरक समुदायका दया र केकीबीचको प्रेम अनि त्यस पश्चात उत्पन्न परिस्थितीको वरीपरी फिल्म घुमेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा भने दया र केकी दुबै जना उपस्थित भएनन् । कार्यक्रममा समिक्षक समाजका अध्यक्ष यज्ञश, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटा, अश्लेशा ईन्टरटेन्मेन्टका अध्यक्ष विश्व गौचन, पपकर्न पिक्चर्सका प्रचण्डमान लगायतले 'घामपानी' युनिटलाई सुभकामना दिएका थिए ।