मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

ईमान्दार बन्दा हेपिने प्रवृति विरुद्ध 'निर्भय': निखिल

फिल्मीखबर, काठमाडौं, 2017/03/15

'निर्भय' एक सच्चा नेपाली अनि देशभक्त सिपाहीको कथा हो, सच्चा र ईमान्दार बनेर अघि बढ्दा ईमान्दार बनेकै कारण एक नागरिक अनि प्रहरीको जीवनमा आईपर्ने अफ्ठ्यारा परिस्थिती अनि बाधा व्यवधानको कथा फिल्मले बोल्छ', चैत्र ११ मा रिलिजको तयारीमा रहेको फिल्म 'निर्भय'को बारेमा अभिनेता निखिल उप्रेतिले गरेको तर्क हो यो ।

 


यतिबेला 'पिंजडा ब्याक अगेन'को छायाँकनको क्रममा चितवनमा रहेका निखिलले यो हप्ता काठमाडौं आउँदै 'निर्भय' प्रचारमा उपस्थिती जनाउनेछन् । चितवनबाट नै भिडियो सन्देश पठाउँदै निखिलले 'निर्भय' पर्खिरहेका दर्शकहरुलाई फिल्मको बारेमा खुलाएका हुन् ।

'निर्भय'ले ईमान्दार बनेकै कारण एक सच्चा प्रहरी र नागरिकमा आईपर्ने परिस्थितीमा हटेर होईन डटेर अघि बढ्नुपर्छ सफलता टाढा छैन्; आफ्नो अधिकार पाउन जस्तोसुकै परिस्थिती आईपर्दा पनि निडरताका साथ अघि बढ्नुपर्छ' भन्ने सन्देश बोकेको निखिलको भनाई छ ।

उनले 'निर्भय' विसुद्ध पारिवारिक फिल्म भन्दै यसको सेन्टिमेन्ट पाटो उत्तिकै राम्रो रहेको बताए । भयरहित जीन्दगी कसरी जिउँने त्यो पाठ फिल्मले सिकाउने उनको भनाई छ ।

मधुसुदन भट्टराई निर्देशित अनि देविप्रसाद पाण्डे निर्मित फिल्ममा निखिलसँगै नीता ढुङ्गाना, विकास चापागाईं, प्रदिप ढकाल, सुशिल पोखरेल, प्रज्वल गिरी, रश्मी भट्ट लगायत अभिनयमा छन् ।