अभिनेता सौगात मल्ल फरक कथा र फरक भूमिकामा फिल्म खेल्न रुचाउँछन् । यही चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ मा पनि सौगातले फरक भूमिका निर्वाह गरेका छन् । फरक भूमिका मात्रै होइन यो फिल्ममा सौगातले निकै दुःख पनि गरेका छन् । उनले नक्कली दाँत र बङ्गुरको मुखौटा नै लगाएका छन् ।
‘दुःख गर्न रमाइलो लाग्छ’ सौगातले भन्छन् , ‘गाह्रो काम गर्न र पसिना निकाल्न मलाई रमाईलो लाग्छ ।’ मुखौटा लगाएर अभिनय गर्दा कस्तो भयो त ? सौगात भन्छन्, ‘अलिअलि निसास्सिएको जस्तो हुने । गाह्रो त पक्कै भयो तरपनि मुखौटा लगाएर काम गर्दा रमाईलो भयो ।’ यो भन्दै गर्दा सौगातले बच्चा उमेरदेखि नै मुकुटसँग खेल्ने गरेको खुलाए ।
डम्बर चन्दले निर्मित तथा मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ मा सौगातसँगै दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग थापा, सिड खरेल लगायतको अभिनय रहेको छ ।
मिति : २०८० चैत्र १५, बिहिवार
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-
'लप्पन छपप्न'को मुखौटा बारे सौगातले मुख खोले
फिल्मीखबर, काठमाडौं, 2017/03/15
- ट्रेलरको संवादले चर्चामा ‘डिग्री माइला’
- क्यूएफएक्सले गर्यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा
- ‘बलिदान’मा नीतिको सम्भावना कति ?
- गोलरक्षक एञ्जिलाको जीवन प्रेरित ‘अञ्जिला’ आगामी वर्षको माघमा
- यो हो संसारकै लामो फिल्म, जसको लम्बाई छ ८७ घण्टा
- फागुनका ६ फिल्म : ‘अगस्त्य’ औसत, अरु डुबे
- बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
- ‘बाटो’का निर्माताले किन हाले अशोक शर्माविरुद्ध उजुरी ?
- ‘महाजात्रा’को गीतमार्फत् २०८२ को दशैंमा नयाँ फिल्म ल्याउने घोषणा
- ‘वर एन्ड वधु’का लागि विवेकले बनाए सुगठित शरीर