'काले दाई' बोलको गीत हिट भएसँगै चर्चामा रहेको अनि आशाको नजरले हेरिएको फिल्म 'पर्व'को रिलिज घोषणा भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म अर्को बर्षको जेठ १२ मा रिलिज हुने पक्का भएको छ ।
यसअघि फिल्म चैत्र महिनामा नै रिलिजको चर्चा थियो । तर पोष्ट प्रोडक्सनको काम नसकिने भएसँगै प्रचारको लागी तयारी नपुग्ने देखेपछि अन्तत: रिलिज दुई महिना धकेलिएको हो ।
दिनेश राउतले निर्देशन गरेको फिल्मलाई टिभी फिल्ली र सुवास ईन्टरटेन्मेन्टले संयुक्त लगानीमा निर्माण गरेको हो । फिल्ममा नम्रता श्रेष्ठ र कोशिश क्षेत्री लिड अभिनयमा छन् भने जेविका कार्की, माला लिम्बुलाई पनि फिल्ममा देख्न पाईनेछ ।

