मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'काले दाई' हिट भएसँगै 'पर्व' रिलिज कन्फर्म

फिल्मीखबर, काठमाडौं, 2017/03/15

'काले दाई' बोलको गीत हिट भएसँगै चर्चामा रहेको अनि आशाको नजरले हेरिएको फिल्म 'पर्व'को रिलिज घोषणा भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म अर्को बर्षको जेठ १२ मा रिलिज हुने पक्का भएको छ ।

यसअघि फिल्म चैत्र महिनामा नै रिलिजको चर्चा थियो  । तर पोष्ट प्रोडक्सनको काम नसकिने भएसँगै प्रचारको लागी तयारी नपुग्ने देखेपछि अन्तत: रिलिज दुई महिना धकेलिएको हो ।

 दिनेश राउतले निर्देशन गरेको फिल्मलाई टिभी फिल्ली र सुवास ईन्टरटेन्मेन्टले संयुक्त लगानीमा निर्माण गरेको हो । फिल्ममा नम्रता श्रेष्ठ र कोशिश क्षेत्री लिड अभिनयमा छन् भने जेविका कार्की, माला लिम्बुलाई पनि फिल्ममा देख्न पाईनेछ ।