मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्लोरमा जान तयार रेखाको ‘रुद्रप्रिया’, देखिँदैछन् तीन निर्देशक

फिल्मीखबर, काठमाडौं, 2017/03/15

आउँदो सालको दशैंमा प्रदर्शन हुने रेखा थापा आफैंले निर्माण गर्ने फिल्म ‘रुद्रप्रिया’ को सम्पूर्ण प्रि प्रोडक्सनको कार्य सकिएको छ । फिल्ममा रहने गीत रेकर्डिङ भएसँगै रेखाको ‘रुद्रप्रिया’ फ्लोरमा जान तयार भएको हो । यही चैत महिनाको अन्त्यबाट फिल्मको छायाँकन सुरु हुनेछ ।

 


सुरेश अधिकारीको संगीतमा तीन गीत तयार भएका छन् । जुन गीतहरु भिन्न भिन्न फ्लेवरको रहेको संगीतकार अधिकारीले बताए । ‘हरेक दर्शक तथा श्रोताको रोजाइका गीत बनेका छन्’ मंगलबार अनामनगरको गुञ्जन स्टुडियोमा गीत रेकर्डिङमा भेटिएका संगीतकार अधिकारीले छोटकरीमा भने ।

रेखाले पनि विगतका झैं यो फिल्मको गीतहरुले पनि दर्शकलाई मन पर्ने बताइन् । निर्देशक बबी सिंहले फिल्मको कथा अनुसार गीतहरु तयार भएको बताए । रेखा फिल्मसको प्रस्तुती रहने फिल्म ‘रुद्रप्रिया’ मा रेखा शिर्ष भूमिकामा प्रस्तुत हुँदैछिन् भने सुदर्शन थापा र अर्पण थापा महत्वपूर्ण भूमिका छ । फिल्मको रोचक पक्ष भनेको निर्देशक बनिसकेकी रेखासँगै अर्का द्वय निर्देशक सुदर्शन र अर्पण अभिनयमा हुनु छ ।

रमेश पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा सरस्वती थापा निर्माता रुपमा रहेकी छिन् । फिल्मका सिनेम्याटोग्राफर सञ्जय लामा हुन् ।