अबको समयमा नेपाली फिल्मको बजार स्वदेशमा मात्र सिमित नरहेर विदेशमा पनि बढ्ने निश्चित छ । केहि समय अगाडी चलचित्रका सिडि बोकेर नेपालीहरु भएको स्थानमा पुगी प्रोजेक्टरबाट देखाईने गरिएका नेपाली फिल्म आजकल विदेशका हलहरुमा समेत देखिन थालेका छन् ।
विदेशीले नै नेपाली चलचित्र कम मात्रामा हेर्ने गरेतापनि विश्वका थुप्रै देशहरुमा बढेको नेपालीहरुको उपस्थितीले अहिले नेपाली फिल्म चलिरहेका पाईन्छन् । नेपालमा राम्रो चर्चा र गतिला फिल्म बनाउन सके विदेशमा राम्रै बजार रहेको छ ।
यसै क्रममा न्यूजिल्याण्डमा नेपाली फिल्म 'लुट २' लाग्ने भएको छ । नेपालमा व्यापक चर्चा र उत्साहपूर्ण व्यापार गरेको यो फिल्मलाई न्यूजिल्याण्डमा फिल्म देखाउने राज बिष्टले प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । यसअघि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेका बिष्टले न्यूजिल्याण्डमा नेपालीको संख्या वृद्दि भईरहेको अवस्थामा 'लुट २' दुई भन्दा बढि शहरमा प्रदर्शन गरिने बताएका छन् ।
Hamilton र Auckland मा 'लुट २' प्रदर्शन तय भएको छ । Hamilton अन्तर्गत Lido Cienema, The Balcony, Centre Place, 501 Victoria Street मा मार्च १९ तारिकमा साँझ ७ बजे शो हुनेछ भने Auckland अन्तर्गत २९ मार्चमा Capital Cinema, 610 Dominion Rd, Balmoral मा साँझ ८ बजे प्रदर्शन हुनेछ । बुकिङ्को लागि ०२११७२५३८८ मा सम्पर्क गर्न सकिनेछ ।