सोमबार अभिनेता भुवन केसी प्रहरीकोमा पुगे। उनी विरूद्ध 'ड्रिम्स'का सह-निर्माताले आफ्नो लगानीको हिसाबकिताब नबुझाई आफूलाई ठगी गरेको भनेर उजुरी दिएपछि भुवन प्रहरीकोमा पुगेका हुन्।
उनले अमेरिकामा बस्दै आएका कृष्ण पाण्डेसँग 'ड्रिम्स' फिल्ममा करिब १० लाख रूपयाँ लगानी गर्न लगाएका थिए। फिल्मको क्रेडिट लाइनमा पाण्डे सह-निर्माताका रूपमा उल्लेख छन्। उनीहरुलर भूवन विरूद्ध काठमाडौं प्रहरी परिसरमा गएर उजुरी दिएका थिए।
उजुरीपछि प्रहरीले भुवनलाई सोधपुछ तथा छलफलका लागि परिसर बोलाएको एसपी प्रधुम्न कार्कीले सेतोपाटीलाई बताए। प्रहरीमा पुगेका भुवनले प्रहरीसमक्ष पाण्डे फिल्मको सह-निर्माता भएको र उनको हिसाबकिताब राफसाफ गर्ने कबुल गरेका छन्।
उजुरीकर्ता पाण्डेले छलफलका क्रममा आफूहरूलाई फिल्म चलेको भए चलेको र नभए घाटाको हिसाब बुझाउन माग गरेका थिए। आर्थिक लेनदेनका मामिला भूवनसँग कारोबार किचलोमय हुने गरेको चर्चा नेपाली फिल्म वृत्तका लागि नौलो कुरा होइन।
त्यस्तै ८ महिनाअघि ड्रिम्स पाइरेसीको मुद्दामा उनले आफूलाई करोडमाथीको घाटा भएको भन्दै हाइलाइट्स नेपालबाट २५ लाख असुलेका थिए।
:सेतोपाटीबाट साभार

