मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

कपाल र जुँगा पाल्दा फेरिएको अनमोल लुक्स !

फिल्मीखबर, काठमाडौं, 2017/03/14

युवा स्टार अनमोल केसी यतिबेला फिल्म 'कृ'को वर्कसपमा व्यस्त छन् । छिट्टै नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको अभिनय अनि पात्रलाई निखारता दिँदै गर्दा अन्य समयमा पनि प्राय: बाहिर नदेखिने अनमोल गुपचुप जस्तै छन् ।

 


केहि दिन पहिले होली पर्व मनाईयो । अनेकन सेलिब्रेटीले होलीमा रंग साटेको तश्विर अपलोड गरे । अनमोल पीता भुवन केसी पनि मज्जैले होली खेले । तर अनमोल होली खेलेन्न, विगतदेखि नै होली नखेल्ने अनमोलको होलीकै दिन खिचेको एक तश्विर बाहिर आएको छ जहाँ उनलाई खाली निधार, कलर बिनाको अनुहारमा देख्नसकिन्छ ।

सार्वजनिक तश्विरमा अनमोलको पुर्णत: लुक्स नै परिवर्तित छ । दाह्री, जुँगा र लामो कपाल सहितमा अनमोललाई हेर्दा एकछिन जो कोहि पनि झुक्किन सक्छ । विल्कुल फरक गेटअपमा उनलाई देख्न सकिन्छ ।

फिल्मको तयारी हुँदै गर्दा लुक्स समेत बाहिर नल्याउने अठोट सहित अनमोल काममा लाग्दा अनेकन बहानामा उनका तश्विरहरु भने बाहिर आईरहेका छन् । जसको पछिल्लो उदाहरण एक फ्यानसँग होलीको दिन उनले खिचाएको तश्विर पनि हो ।