मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीपछि रेनुकासँग रोमान्स गर्न आकाश तयार

फिल्मीखबर, काठमाडौं, 2017/03/14

दुई पुस्ताबीचको द्धन्द्ध सामाजिक जीवनको अभिन्न अंग हो । आ-आफ्नो मान्यतामा अडिग रहने बाबु र छोरा पुस्ता सधैं आफ्नो मान्यताका लागि लडिरहेका हुन्छन् । यस्तोमा नयाँ पुस्ताले सधैं अघिल्लो पुस्तालाई आफूहरुको कुरा नबुझ्ने र परम्परावादी भनेर आरोप लगाउँछ भने पुरानो पुस्ताले पनि नयाँ अनुभवका हिसाबले परिपक्व नभएको तर्क पेश गर्छ ।

 


बाबु छोराको पुस्ताबीच हुने यस्तै असमझदारीलाई कथामा ‘ब्ल्याक’ नामको फिल्म बन्ने भएको छ । केहि दिन पहिले कमलादी स्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै फिल्मको औपचारिक घोषणा गरियो । आश्मा फिल्मस्को प्रस्तुति रहने फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गर्न लागेका हुन् ।

फिल्ममा आकाश श्रेष्ठ र रेनुका सिंह ठकुरीको मुख्य भूमिका रहनेछ । आकाशले यसअघि अनमोल केसी ब्यानरको सुस्मिता केसी निर्मित फिल्म ‘म त तिम्रै हुँ’बाट डेब्यू गरेका थिए । उनले साम्राज्ञीसँग पनि ‘तिमीसँग’नामको फिल्ममा काम गरिसकेका छन् ।

 


आश्मा पाण्डे निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ । करण सिंह निर्माण नियन्त्रकको रुपमा रहेका छन् ।

फिल्ममा अघिल्लो पुस्ताका कलाकारको पनि उपस्थिति रहनेछ । फिल्ममा सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य, सुशील क्षेत्री, प्रिया रिजाल, पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।