वलिउडका योङ स्टार आलिया भट्ट र वरुण धवन स्टारर फिल्म 'बद्रीनाथकी दुल्हनिया'ले उत्कृष्ट ओपनिङ गरेको छ । फिल्मले पहिलो विकेण्डमा मात्र ४३ करोड ५ लाखको विजनेस गरेको छ ।
पहिलो दिन १२ करोड २५ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन १४ करोड ७५ लाखको विजनेस गर्यो भने विदाको दिन आईईतबार भारतमा १६ करोड ५ लाखको विजनेस गर्न फिल्म सफल भयो ।
उल्लेखित विजनेस भनेको उदाउँदै गरेकी स्टार अभिनेत्री आलिया करियरकै उत्कृष्ट हो । यसअघि उनको फिल्म 'टू स्टेट्स'ले पहिलो विकेण्डमा ३८ करोडको विजनेस गर्दा उत्कृष्टको पहिलो नम्बरमा थियो ।
'बद्रीनाथकी दुल्हनिया' लाई दर्शकले मन पराएका छन् । फिल्मले सय करोड बढिको विजनेस गर्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् ।