Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बद्रीनाथकी दुल्हनिया'ले गर्यो आलिया करियरकै उत्कृष्ट विजनेस

एजेन्सी, मुम्बई, 2017/03/14

वलिउडका योङ स्टार आलिया भट्ट र वरुण धवन स्टारर फिल्म 'बद्रीनाथकी दुल्हनिया'ले उत्कृष्ट ओपनिङ गरेको छ । फिल्मले पहिलो विकेण्डमा मात्र ४३ करोड ५ लाखको विजनेस गरेको छ ।

 


पहिलो दिन १२ करोड २५ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन १४ करोड ७५ लाखको विजनेस गर्यो भने विदाको दिन आईईतबार भारतमा १६ करोड ५ लाखको विजनेस गर्न फिल्म सफल भयो ।

उल्लेखित विजनेस भनेको उदाउँदै गरेकी स्टार अभिनेत्री आलिया करियरकै उत्कृष्ट हो । यसअघि उनको फिल्म 'टू स्टेट्स'ले पहिलो विकेण्डमा ३८ करोडको विजनेस गर्दा उत्कृष्टको पहिलो नम्बरमा थियो ।

'बद्रीनाथकी दुल्हनिया' लाई दर्शकले मन पराएका छन् । फिल्मले सय करोड बढिको विजनेस गर्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् ।

Most Visited News (monthly)