मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा राणा खानदानकी छोरी !

फिल्मीखबर, काठमाडौं, 2017/03/14
लभ स्टोरी तथा कमेडी जनरामा बनेको नेपाली फिल्म 'हिटलर'को रिलीज मिति घोषणा भएको छ । २०७४ सालको जेठ १२ गतेबाट रिलीज हुने यो चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका छन् ।
 
चलचित्रमा नव-नायिका सामिया बर्तौला राणा खानदानकी छोरीको रुपमा देखिने बताईएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रिलीज मिति तथा पोस्टर सार्वजनिक गर्ने क्रममा सामियाको भूमिका राणा खानदानकी छोरीको रहेको खुलाईएको हो । सामियाले यसै चलचित्रबाट नेपाली फिल्म जगतमा पाईला चालेकी हुन् ।
 
कार्यक्रममा बोल्दै नायिका बर्तौलाले चलचित्रको कथावस्तु मन परेकाले काम गरेको बताइन् । उनले भनिन्, 'यो चलचित्रमा म राणा खानदानीकी छोरीको भूमिकामा छु । चलचित्रको अफर धेरै आएपनि मैले कथावस्तु मनपरेपछि 'हिटलर'मा काम गरेँ' ।
 
 
फिल्मका निर्देशक सौरभ ढकालले हिटलर प्रेम र कमेडीको मिश्रणको रुपमा बनेको चलचित्र रहेको बताए । उनले दर्शकले, नाम र कथावस्तुको मेल पाउने दाबी समेत गरे । नायक सोहित मानन्धरले यो चलचित्रमा आफू फरक भूमिकामा देखिएको बताए । मानन्धर नेवार खानदानको यूवाको रुपमा देखिएका छन् ।
 
हिटलरमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ । लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ । मुगु र काठमाण्डौमा यो चलचित्रको छायांकन गरिएको छ ।  
 
सभासद् रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको फस्टलुक एकसाथ सार्वजनिक गरेका थिए । अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ ।
 
चलचित्रमा समावेश 'मःम चाउमिन' बोलको लिरिकल गीत अहिले हिट भैरहेको छ ।