Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनयसँगै कोरियोग्राफीमा पवित्राको पाईला

फिल्मीखबर, काठमाडौं, 2017/03/13

केहि बर्ष पहिले बसन्त निरौला निर्देशित अनि निखिल उप्रेती स्टारर फिल्म 'बिजयपथ'बाट नेपाली फिल्म उद्योगले एक नयाँ प्रतिभा ल्यायो पवित्रा आचार्यलाई । उक्त फिल्मबाट डेब्यू गरेकी पबित्रा त्यसयता 'राजनीति' र आवेग फिल्ममा अभिनय गरिन् 'याज एन लिड हिरोइन'को रुपमा ।

 


आधा दर्जन बराबर फिल्ममा अभिनय तथा केहि भिडियोहरुमा समेत देखिएकी पवित्राले दुई बर्ष पहिले कोमल वली अभिनित तीज गीतको भिडियोबाट नृत्य निर्देशनमा पाईला अघि चालेकी थिईन् । अब भने उनै पवित्राले फिल्ममा समेत कोरियोग्राफी यात्रा सुरु गरेकी छिन् ।

 


बहुमुखी प्रतिभा प्रस्तुत गर्दै अघि बढेकी पवित्राले पछिल्लो पटक फिल्म 'मेला'मा नृत्य निर्देशन गरिन् । अनुभव सुनाउँदै उनले काम राम्रो गरेको भन्दै फरक स्वाद नयाँ काममा भेटेको तर्क गर्छिन् ।

 


'मेला'मा समावेश तीन वटै गीतमा कोरियोग्राफी पवित्राले गरेकी छन् । उनले आफूले कलाकारिता र नृत्य निर्देशन पेशालाई एकसाथ अगाडी बढाउने बताउँछिन् ।

भारतको इलाहावादमा नृत्य विधामा डिप्लोमा कोर्स सकाएकी पवित्राको अर्को पेशा अध्यापन पनि हो । केहि महिनाको लागी विश्राम लिएकी उनले अध्यापन समेत गराउँदै आएकी छिन् ।

तश्विर: अनलाईनखबर

Most Visited News (monthly)