Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीयासँग भुवनको होली, बढ्दो छ निकटता

फिल्मीखबर, काठमाडौं, 2017/03/13

आईतबार टिभी फिल्मी (गोपिकृष्ण मुभिज)को तर्फबाट आयोजित होली स्पेशल कार्यक्रममा धेरै सेलिब्रेटीहरु देखिए । रङ दले, नाचे । कार्यक्रम सुरु हुँदै जाँदा जब अभिनेता भुवन केसी पुगे तब माहोल थप गर्मियो ।

 


भुवनसँग अंकमाल गर्ने त तश्विर खिचाउनेको लाम नै लाग्यो । तर त्यो भीडमा भुवनको पछिपछि (सँगसँगै) थिईन् एटिएम गर्ल जIया केसी । त्यसो त पछिल्लो केहि बर्षयता निकट देखिएका भुवन र जीयाले प्रेम सम्बन्ध सिधा स्विकार नगरेपनि भुवनले जीयालाई साथी मात्र बोल्दै आएका छन् ।

तर रंगिन पर्व होलीमा पनि यो जोडी सँगसँगै देखिनु अनि यसअघि दशैंको टिका लगाउँदा पनि भुवनको घरमा नै जीया पुग्नुले यी दुईको प्रेम भने छिपेको छैन् । भुवन गाडीबाट झर्दा नै उनीसँगै आएकी जीया देख्दा धेरैले यी दुईको प्रेमको बारेमा केहि बेर सम्झे ।

जहाँतहिँ पुग्दा सँगसँगै देखिने अनि आफुहरु बीच केहि छैन् भन्ने चालामालाको संकेत चाहिँ मेरो गर्लफ्रेण्ड छैन् भन्दै छल्दै हिँड्ने रणनीति मात्र भएन र भुवन केसी ज्यू ??

Most Visited News (monthly)