आईतबार टिभी फिल्मी (गोपिकृष्ण मुभिज)को तर्फबाट आयोजित होली स्पेशल कार्यक्रममा धेरै सेलिब्रेटीहरु देखिए । रङ दले, नाचे । कार्यक्रम सुरु हुँदै जाँदा जब अभिनेता भुवन केसी पुगे तब माहोल थप गर्मियो ।
भुवनसँग अंकमाल गर्ने त तश्विर खिचाउनेको लाम नै लाग्यो । तर त्यो भीडमा भुवनको पछिपछि (सँगसँगै) थिईन् एटिएम गर्ल जIया केसी । त्यसो त पछिल्लो केहि बर्षयता निकट देखिएका भुवन र जीयाले प्रेम सम्बन्ध सिधा स्विकार नगरेपनि भुवनले जीयालाई साथी मात्र बोल्दै आएका छन् ।
तर रंगिन पर्व होलीमा पनि यो जोडी सँगसँगै देखिनु अनि यसअघि दशैंको टिका लगाउँदा पनि भुवनको घरमा नै जीया पुग्नुले यी दुईको प्रेम भने छिपेको छैन् । भुवन गाडीबाट झर्दा नै उनीसँगै आएकी जीया देख्दा धेरैले यी दुईको प्रेमको बारेमा केहि बेर सम्झे ।
जहाँतहिँ पुग्दा सँगसँगै देखिने अनि आफुहरु बीच केहि छैन् भन्ने चालामालाको संकेत चाहिँ मेरो गर्लफ्रेण्ड छैन् भन्दै छल्दै हिँड्ने रणनीति मात्र भएन र भुवन केसी ज्यू ??