मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'रुद्र' रिलिज मिति घोषणा, खलपात्रमा देखिँदै निखिल

फिल्मीखबर, काठमाडौं, 2017/03/13

'दि निखिल उप्रेती प्रोडक्शन'को तर्फबाट निर्माण भएको फिल्म 'रुद्र'को अफिसियल रिलिज तय भएको छ । निर्माता समेत रहेका अभिनेता निखिल उप्रेतीसँगै निर्देशक रामजी लामिछानेले फिल्म अर्को बर्षको साउन २० मा रिलिज हुने बताए ।

गोपालकाजी कायस्थले 'रुद्र'को वितरण जिम्मा लिएका छन् । यो फिल्ममा एक्सन स्टारको उपमा पाएका निखिल पहिलो पटक पर्दामा खलपात्रको रुपमा देखिँदैछन् भने उदयिमान प्रतिभाको रुपमा लिईएका विश्व र साराले यो फिल्मबाट नव अभिनेता अनि अभिनेत्रीका रुपमा रजतपटमा डेब्यू गर्दैछन् ।
 
फिल्मका निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय छ ।  हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा मुख्य सहायक निर्देशकमा रामशरण उप्रेती छन् । सौरभ लामाले 'रुद्र'को क्यामेरा चलाएका छन् ।