Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चल अचल दृश्यमा हेर्नुहोस सेलिब्रेटीको होली (फोटो/ भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/03/13


रंगिन पर्व होली (फागु पुर्णिमा) आईतबार काठमाडौं सहित देशका विभिन्न ठाउँमा मनाईयो । बर्षभरीको पीडा मेटाउने, कलरसँग रमाउने अनि दु:ख र बैममनस्यता त्याग्दै आत्मितया बाँड्ने पर्वको रुपमा मनाईने होलीले धेरैलाई रंगायो ।

 


आईतबार काठमाडौंका सडकदेखि महलसम्म प्राय: अनुहार रंगले पोतिएका देखिन्थे । जसको प्रभाव सेलिब्रेटिमा पनि उस्तै पर्यो । नाम चलेका प्राय: सेलिब्रेटीहरु सबैजसो होली खेल्दै रमाउँदै गर्दा देखिए ।

 

 


सदाबहारको उपमा पाएकी अभिनेत्री करिश्मा मानन्धर, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्रीहरु रेखा थापा, नम्रता श्रेष्ठ, नीता ढुङ्गाना, सञ्चिता लुईंटेल, पवित्रा आचार्य, नम्रता योगी, अनु शाह लगायत सबैजसो होलीमा रमाउँदै गर्दा भेटिए अनि मिडियाको क्यामेरामा कैद भए ।

 


यहाँ हेर्नुहोस सेलिब्रेटीहरुको होलीका केहि झलकहरु:

 

 

 

 

 

 

 

 

 

 

तश्विर: महेश्वरमान सिंह/ फिल्मीखबर / (अन्तिम तश्विर: अभिनेता सरोज खनालको फेसबुक पेज)
 

Most Visited News (monthly)