Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघलाई 'प्रेमगीत २' बाट आर्थिक सहयोग

फिल्मीखबर, काठमाडौं, 2017/03/11
साउन १३ लाई प्रदर्शन मिति गरेको फिल्म 'प्रेमगीत २' निर्माण टिमले चलचित्र पत्रकार संघ नेपालको नव निर्वाचित कार्यसमितिलाई ५५ हजार बढि आर्थिक सहयोग गरेको छ । चलचित्र पत्रकार संघ सहयोगार्थ आशुसेन फिल्मस् को तर्फबाट सन्तोष सेनले नव निर्वाचित अध्यक्ष सन्दिप सापकोटालाई ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । 
 
 
 
नव निर्वाचित कार्यसमिति सदस्यलाई सम्मान गर्दै आशुसेन फिल्मस् ले उक्त आर्थिक सहयोग गरेको हो । लिड अभिनेता प्रदिप खड्काको जन्मदिनको अबसरमा आयोजित कार्यक्रममा फिल्मको अफिसियल रिलिज मिति समेत तय गरियो । 
 
सम्मान तथा चेक ग्रहण गर्दै संघ अध्यक्ष सन्दिप सापकोटाले फिल्मकर्मी र पत्रकारबीच विद्यमान 'लभ र हेट'को रिलेसनसिप अब लभमा बदलिनुपर्ने खाँचो औंल्याए ।
 
बुधबार राजधानीमा सम्पन्न ७ औं अधिवेशनबाट सापकोटाको नेतृत्वमा चलचित्र पत्रकार संघ, नेपालले १७ सदस्यिय कार्यसमिति चयन गरेको थियो । 

 

Most Visited News (monthly)