आशुसेन फिल्मस् को तेश्रो प्रस्तुतीमा निर्माण भएको फिल्म 'प्रेमगीत २' को रिलिज मिति घोषणा भएको छ । फिल्म अर्को बर्षको साउन १३ मा विश्वब्यापी प्रदर्शनमा आउनेछ । अभिनेता प्रदिप खड्काको जन्मदिन मनाउँदै निर्माण टिमले रिलिज मिति तय गरेको हो ।
शुक्रबार आयोजित एक प्रेसमिटमा निर्माण कम्पनी आशुसेन फिल्मसले उक्त मितिलाई नेपाल रिलिज डेटको रुपमा तय गरेको हो । अभिनेता प्रदीप खड्काले के काट्दै फिल्मको सफलताको पनि कामना गरे ।
कास्ट एन्ड क्रिउ, परिवार र साथीभाईलार्ई जन्मदिन केक चखाउँदै प्रदीपले फिल्मले दर्शकीय अपेक्षा मिट गर्ने बताए । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो जलवायु परिवर्तन अभिनयमा सक्रिय रहेको उदाहरण दिँदै उनले आफू बागमती सरसफाइ अभियानमा सहभागि हुने बताए ।
निर्माता सेनले प्रेमगीत २ ले नेपाली सिनेमालाई अन्तराष्ट्रिय उचाइमा लैजाने विश्वास व्यक्त गरे भने निर्देशक रामशरण पाठकले नेपाल र म्यानमारलाई जोड्ने काम फिल्मले गर्ने बताए । चलचित्र पत्रकार संघका नवनिर्वाचित अध्यक्ष सन्दीप सापकोटाले निर्माता र पत्रकारबीच विद्यमान लभ–हेट रिलेसनसिप अब लभमा बदलिनुपर्ने खाँचो औंल्याएका थिए ।
सांगितिक प्रेमकथा बोकेको फिल्ममा प्रदिपको अपोजिटमा अश्लेषा ठकुरी छिन् ।