एक्सन किङ निखिल उप्रेती स्टारर फिल्म 'राधे'को ट्रेलर रिलिज भएको छ । शुक्रबार ईन्टरनेटमा रिलिज ट्रेलरमा एक्सनपुर्ण दृश्य हाबी छन् ।
कृष्ण श्रेष्ठले खिचेको फिल्ममा प्रायः पश्चिम नेपालको पाल्पाका दृश्य समावेश छन् । जगदिश्वर थापाले आफ्नै कथामा फिल्म निर्देशन गरेका हुन् । सुशिल पोखरेल निर्माता छन् । कोरियोग्राफी भने रामजी लामिछानेले गरेका छन् ।
निखिलसँगै प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, शिशिर भण्डारी लगायत लिड अभिनयमा रहेको फिल्मको ट्रेलरमा यसअघि नाम नखुलाईएका अभिनेता सलोन बस्नेतलाई समेत देखाईएको छ । बैशाख १ मा फिल्म रिलिज हुनेछ ।