फिल्म 'बटरफ्लाई'को होली गीत रिलिज भएको छ । प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङमा रहेको फिल्मममा समावेश होली गीत रंगहरुको पर्व होली कै छेकोमा रिलिज गरिएको हो ।
अर्पण थापा समेत लिड अभिनयमा रहेको फिल्मको सार्वजनिक 'होली रे' बोलको गीतमा राजेश पायल राईको स्वर छ भने उनलाई फिमेल भर्सनमा माण्डवी त्रिपाठीले साथ दिएकी छिन् । विकास चौधरीको संगीतमा प्रमोद ढुङ्गानाको शब्द छ ।
सुरेश बज्राचार्यले खिचेको फिल्मलाई ओमप्रतिकले निर्देशन गरेका हुन् । फिल्ममा लगानी पुष्पाञ्जली अधिकारीको छ ।