Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दर्शकमाझ 'दर्पण छायाँ २', प्रिमियरको प्रतिक्रिया यस्तो

फिल्मीखबर, काठमाडौं, 2017/03/10
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी 'दर्पण छायाँ २' रिलिज भएको छ । तुलसी घिमिरे निर्देशित फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । ७० बढि हलमा फिल्म प्रदर्शन भएको छ । 
 
पुष्प खड्का, साहारा कार्की, श्रद्धा प्रसाईं, फिरोज लिड अभिनयमा रहेको फिल्मले म्युजिक लभ स्टोरी बोल्छ । गीत संगीत सशक्त बनेको फिल्मलाई आशाको रुपमा हेरिएको छ । 
 
यसैबीच बिहिबार राजधानीमा फिल्मको रेड कार्पेट प्रिमियर भएको छ । प्रिमियरमा फिल्मका लिड कलाकारहरु मुख्य आकर्षण रहे भने पुराना कलाकार शिव श्रेष्ठ पनि केन्द्र बने । फिल्मकर्मी तथा सञ्चारकर्मीले 'दर्पण छायाँ २' हेरिसकेपछि मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । 
 
फिल्मको बोल्न खोजेको विषयबस्तुलाई धेरैले तारिफ गरेका छन् । निर्देशक दिनेश डिसीले फेसबुकमा स्टाटस नै लेखेर उत्कृष्ट फिल्म हेर्न पाएको प्रतिक्रिया व्यक्त गर्दै आँशुसम्म झरेको तर्क गरेका छन् । लिड कलाकार पुष्प, साहारा, श्रद्धा सबैको अभिनयलाई प्रिमियरमा फिल्म हेर्नेहरुले प्रशंसा गरे ।
Most Visited News (monthly)